नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य « Khabarhub

नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो ।

क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको थियो । क्यानडाविरुद्ध सन्दीप लामिछाने र कमलसिंह ऐरी हाबी देखिए । सन्दीपले तीन र ऐरीले दुई विकेट लिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : २९ बजे

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ