सत्ता गठबन्धनका दलले दोहोरो चरित्र देखाए– अध्यक्ष ओली « Khabarhub

सत्ता गठबन्धनका दलले दोहोरो चरित्र देखाए– अध्यक्ष ओली


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँ दहचोकस्थीत कालु पाँडेको समाधीस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफै रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।

ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उनले बताए । प्रहरीलाई समेत सरकारले प्रदर्शनलाई रोक्ने अधिकार नदिएको समेत ओलीले बताए ।

त्यस्तै अध्यक्ष ओलीले इतिहासको गौरबलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पारे ।

कार्यक्रममा बरिष्ठ साहित्यकार भूवन हरि सिग्देल, उत्तम बहादुर राउत, केदार पनेरु, डा सुनिता थापा, कविराज गिरि लगाएत १३ जनाले पृथ्वी नारायण, काजी कालु पाण्डे लगाएतसंग सम्बन्धीत शिर्षकमा कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : १८ बजे

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र