एमसीसीको यथार्थ जनताले थाहा पाइसके- प्रवक्ता महत | Khabarhub Khabarhub

एमसीसीको यथार्थ जनताले थाहा पाइसके- प्रवक्ता महत


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन्।

सञ्चारकर्मीसँगको अन्तर्क्रियामा महतले भने, “एमसीसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ।”

कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसीसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताए।

विसं २०६८ यताका सबै दल नेतृत्वका सरकार एमसीसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गरे।

एमसीसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै महतले संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरे। सरकारले एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ।

ढिलै भए पनि एमसीसीसम्बन्धी प्रस्ताव संसद्मा टेबल भएको बताउँदै महतले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गरे। यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उनको जोड थियो।

झन्डै ६० अर्बको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसीसी राष्ट्रहितविपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताए।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २० बजे

‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’

गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई लिएर

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

काठमाडौँ– भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंको गिरावटदेखि समस्याग्रस्त सहकारीको छानबिनसम्म 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौंडा– मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

काठमाडौं– जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार