मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग « Khabarhub

मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मतदाता परिचयपत्र हराकाहरूलाई निर्वाचन आयोगले पुनः परिचय पत्र प्रदान गर्ने भएको छ ।

आयोगले सोमबार सूचना जारी गरी यसअघि पाएको मतदाता परिचय हराएको वा नाशिएको अवस्थामा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।

प्रतिलिपि परिचयपत्रका लागि आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको पनि उनले जनाए ।

त्यस्तै, आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भए इमेल र फ्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

आयोगले फागनु ५ को निर्णयअनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल र फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : २६ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी