आज २०७८ साल चैत ७ गते सोमबार को राशिफल « Khabarhub

आज २०७८ साल चैत ७ गते सोमबार को राशिफल


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ७ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत ७ गते सोमबार
मेष : दिन निकै राम्रो रहेको छ। हर्ष मिल्नेछ। खर्च बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। बोलीमा दोष देखिएको छ। प्रेममा धोका पाइनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। स्मरण शक्ति बढ्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। सवारी साधन चलाउन तीव्र गतिमा नचलाउनुहोला। शिक्षाको लागनीबाट राम्रो आम्दानी हुनेछ। कर्मको फल प्राप्त हुने योग रहेको छ।

कर्कट : आजको दिन सामान्य राम्रो छ। पुराना कुरा नसम्झिएको राम्रो हुन्छ। अतितका पाना पल्टाउँदा रिस उठ्नसक्छ। आफूलाई आफैं सुरक्षित राख्नुपर्ने देखिन्छ। शैक्षिका क्षेत्रमा गरेको लगानीबाट सन्तोष मिल्नेछ।
सिंह : आजको दिन सामान्य मान्नुपर्छ। बन्धुको सहयोग मिल्नेछ। रोगबाट मुक्त हुने समय आएको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा संकट आइलाग्नेछ। विपक्षी शक्तिशाली भएकाले सतर्क रहनुहोला।

कन्या : आजको दिन समान्य छ। प्रतिस्पर्धीहरु आफै निस्तेज हुनेछन्। वैदेशिक लगानीले फाइदा दिनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

तुला : आजको दिन सामान्य राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले बोलीमा मधुरता रहनेछ। सबै मोहित हुने योग रहेको छ। आर्थिक क्षेत्रमा आय व्याय उस्तै रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

बृश्चिक : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बन्धुले असहयोग गर्नेछन्। शिक्षाको क्षेत्र राम्रो छ। प्रेममा तपाईंलाई पछाडि पार्ने सक्रिय भएकाले सचेत रहनुहोला।

धनु : आजको दिन सामान्य राम्रो छ। समाजमा अपवाद सुन्नुपर्ने योग रहेको छ। राजनीतिक क्षेत्रमा सम्मान पाइने छ। व्यापार व्यवसाय राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

मकर : दिन सामान्य राम्रो छ। भाषणमा जाँगर चल्नेछ। सभा सम्मेलनमा राम्रो स्थान ओगट्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। जग्गा सम्बन्धी कारोबार राम्रो हुनेछ।

कुम्भ : आजको दिन सामान्य राम्रो छ। त्रिकोण चन्द्रमा र लग्नमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता रहने छ। आफन्तले सहयोग गर्नेछन्। प्रेम सम्बन्धबाट राम्रो लाभ मिल्नेछ। आफ्नो बुवाको आज्ञा पालना वा सेवा गर्नुहोला।

मिन : आजको दिन सामान्य राम्रो छ। आज थालेका योजनाले दीर्घकालसम्म प्रभाव पार्नेछन्। प्रतिस्पर्धी पराजित हुनेछन्। आफन्तबाट भने जोगिएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ३६ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७