रियलको मैदानमा बार्सिलोनाको शानदार जित « Khabarhub

रियलको मैदानमा बार्सिलोनाको शानदार जित


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।

जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो।

४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २७ बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा