झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यू « Khabarhub

झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यू


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विराटनगर – यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए । उनलाई कोसी प्रादेशिक अस्पताल लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरे ।

घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका थिए । स्थानीय पनि सात जना घाइते भए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३४ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने