युभेन्ट्स र रोमा विजयी « Khabarhub

युभेन्ट्स र रोमा विजयी


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ ।

आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।

अर्को खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे।

जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ५५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको