मनाङ जोड्ने बेसीशहर-चामे सडक १० दिन बन्द हुने « Khabarhub

मनाङ जोड्ने बेसीशहर-चामे सडक १० दिन बन्द हुने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ ।

बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।

नासों गाउँपालिका-९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।

मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

यसअघि सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। बेशीसहर-चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : २५ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७