मन्दिरको नेतृत्व पनि राजनीतिक भागबन्डामा, काँग्रेस- एमालेले आधा-आधा कार्यकाल   « Khabarhub

मन्दिरको नेतृत्व पनि राजनीतिक भागबन्डामा, काँग्रेस- एमालेले आधा-आधा कार्यकाल  


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सुपा देउराली मन्दिर सञ्चालक समितिको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक भागबन्डा गरेका छन् ।

केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ-डेढ वर्ष नेतृत्व गर्ने गरी नेतृत्व टुङ्ग्याइएको थियो। कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडेका छन् ।

दुई नगरपालिकाको सीमामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् ।

एमालेका फर्सबहादुर केसीले डेढ वर्ष मन्दिर सञ्चालक समितिको नेतृत्व गरेपछि काँग्रेसका गणेश थापाले बाँकी समय नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्वसहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : २२ बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा