मन्दिरको नेतृत्व पनि राजनीतिक भागबन्डामा, काँग्रेस- एमालेले आधा-आधा कार्यकाल   « Khabarhub

मन्दिरको नेतृत्व पनि राजनीतिक भागबन्डामा, काँग्रेस- एमालेले आधा-आधा कार्यकाल  


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सुपा देउराली मन्दिर सञ्चालक समितिको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक भागबन्डा गरेका छन् ।

केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ-डेढ वर्ष नेतृत्व गर्ने गरी नेतृत्व टुङ्ग्याइएको थियो। कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडेका छन् ।

दुई नगरपालिकाको सीमामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् ।

एमालेका फर्सबहादुर केसीले डेढ वर्ष मन्दिर सञ्चालक समितिको नेतृत्व गरेपछि काँग्रेसका गणेश थापाले बाँकी समय नेतृत्व गर्नेछन् ।

समितिको नेतृत्वसहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : २२ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको