सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ कायम « Khabarhub

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ कायम


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ३८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको