सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो « Khabarhub

सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सडक सञ्जालले नछोएको लमजुङको मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ ।

संसद् विकास कोष अन्तर्गतको बजेट र मर्स्याङ्दी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्यनजर गर्दै गाउँमा मोटरबाटो पुर्‍याइएको हो ।

सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो । गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभा ‘क’ का सांसद धनञ्जय दवाडीको पहलमा संसद् विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङ्दी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।

यस वर्ष मर्स्याङ्दी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्‍याइएकाे छ ।

मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकिने बताए । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडक सञ्जालले जोडिएसँगै जमिनको अधिकतम उपयोग गरी व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ५१ बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा