सरसफाइमा राजेशको सक्रियता « Khabarhub

सरसफाइमा राजेशको सक्रियता


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता राजेश हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् ।

सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।

 स्थानीयले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय जुटेका थिए । हमालले स्थानिय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे ।

’आज हामीले एक दिन, केहिबेर सफाइ गरेर सँधैका लागि हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो ’ अभिनेता हमालले भने, ’यहाँ घुम्न आउने पर्यटकहरुले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झण्डै एक घण्टा आफैँले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।

केहि दिन अगाडी मात्र अभिनेता हमालले काठमाडौँको फोहोर व्यवस्थापन लगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएका भन्दै ’मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै व्यंग गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ५६ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको