जेलेन्स्कीको चेतावनी – पुटिनसँग वार्ता विफल भए तेश्रो विश्वयुद्ध « Khabarhub

जेलेन्स्कीको चेतावनी – पुटिनसँग वार्ता विफल भए तेश्रो विश्वयुद्ध


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्ता असफल भएको खण्डमा त्यसले तेश्रो विश्वयुद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका फरिद जकारियालाई दिएको अन्तरवर्तामा जेलेन्स्कीले यस्तो चेतावनी दिएका हुन् ।

‘म उनीसँग वार्ताका लागि तयार छु, म पछिल्ला दुई वर्षदेखि तयार थिएँ । र मेरो विचारमा छलफलबिना हामी यो युद्ध अन्त्य गर्न सक्दैनौँ ।’ उनले भने, ‘मलाई लाग्छ, छलफलको सम्भावनाका लागि, पुटिनसँगको कुराकानीका लागि हामीले हरेक प्रारुप, हरेक अवसरको सदुपयोग गर्नुपर्छ ।’

‘तर, यदि यस्तो प्रयास असफल हुन्छ भने यसको अर्थ तेश्रो विश्वयुद्ध हुनेछ ।’ उनले चेतावनी दिए ।

गत फेब्रुअरी यता रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । रुसी आक्रमणले गर्दा युक्रेनमा भयावह मानवीय संकट उत्पन्न भएको छ भने दशौँ लाख शरणार्थी छिमेकी देश जान बाध्य भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ४३ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस