निर्वाचन आयोगप्रति ओलीको आक्रोश : गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो « Khabarhub

निर्वाचन आयोगप्रति ओलीको आक्रोश : गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौँमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप लगाएका हुन् ।

एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ ।

‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए ।

आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३३ बजे

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा