युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की « Khabarhub

युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीले रुस र युक्रेनबीच युद्धविरामका लागि सकारात्मक प्रगति भएको जनाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत काभुसोग्लुले दुई मुलुकबीच समग्र युद्धविरामका विषयमा सहमति भएको र धेरै बुँदाहरू सहमतिनजिक पुगेको बताएका हुन् ।

युक्रेनमा जारी रुसी आक्रमणबीच यसअघि पनि विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिनबुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न राजधानी किभ सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको शहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस शहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरू हवाई आक्रमणमा ध्वस्त भएका छन् । सोही कारण युक्रेनले वार्तामा बस्नुअघि युद्धविराम हुनुपर्ने बताउँदै आएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको जनाइएको छ ।

तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै