आईसीसी क्रिकेट विश्वकप लिग-२: यूएईबाट नेपाललाई २०३ रनको लक्ष्य « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग-२: यूएईबाट नेपाललाई २०३ रनको लक्ष्य


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेको हो ।

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन र भृत्या अरविन्दले २४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

यसअघि, नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ३४ बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा