रुपन्देही सुपरलिग क्रिकेट: एमसीसी १२५ रनले विजयी | Khabarhub Khabarhub

रुपन्देही सुपरलिग क्रिकेट: एमसीसी १२५ रनले विजयी


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसी विजयी भएकाे छ ।

सुपर फोरअन्तर्गतको तेस्रो खेलमा एमसीसीले बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले पराजित गरेको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नाै विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे ।

त्यस्तै सुशान्त थापाले २२,  सविन शाक्य र मोइन अलिले समान १५-१५ रन बनाए । बलिङतर्फ बुद्धका विपीन खत्रीले तीन र सुभास भण्डारीले दुई विकेट लिए ।

दुई सय सात रनको लक्ष्य पाएको बुद्धले सबै विकेट गुमाउँदै ८१ रन मात्र जोड्न सक्यो । २३ दशमलव १ ओभर समेटिएको टिमका लागि सुरज पौडेलले १५, विपीन खत्री र सलिम अलिले समान १४ रन बनाए । अन्य खेलाडी मैदानमा टिक्न नसकेपछि १२५ रनको फारकलिो अन्तरले हार व्योहोर्नु पर्‍यो ।

बलिङतर्फ एमसीसीका रोशनलाल गुप्ताले पाँच र रमेश कुर्मीले चार विकेट लिए ।

सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए । शनिबारबाट सुरु भएको  सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ०३ बजे

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

तिहार : आज कुकुर तिहार

काठमाडौं – तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी