युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान « Khabarhub

युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमण जारी रहेका बेला युक्रेनको उत्तरी शहर नोभोसेल्यात्सामा रहेको रासायनिक कारखानाबाट विषाक्त एमोनिया ग्यास चुहिएको छ ।

सुमी क्षेत्रका गभर्नर दिमित्रो जाभेत्स्कीले जनाएअनुसार स्थानीय सुमिखिम्प्रोम नामक रासायनिक मल कारखानाबाट विषाक्त रसायन एमोनिया चुहिएको हो । कारखानाबाट चुहिएको अमोनियाले त्यस क्षेत्र आसपासको २५०० मिटर क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।

उनले रुसी गोलाबारीका कारण रसायन चुहिएको बताए । रुसी गोलाबारीका क्रममा उक्त कारखानामा काम गर्ने एकजना कामदार पनि घाइते भएको बताइएको छ ।

एमोनिया मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । एमोनिया प्रभावित क्षेत्रमा श्वास फेरेमा, यसलाई निलेमा वा छालासँग यसको सम्पर्क भएमा स्वास्थ्यलाई यसले नकारात्मक असर पुर्‍याउने बताइन्छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रुपमा घरको तल्लो तल्लामा बस्न र एमोनियाले प्रभावित भएको थाहा पाए साइट्रिक अम्लमा कपास चोपेर त्यसबाट मात्रै श्वास फेर्न आह्वान गरिएको छ ।

‘एमोनिया हावाभन्दा हलुका हुन्छ, त्यसैले सुरक्षित हुन घरको तल्लो तल्लामा बस्नुपर्छ ।’ जाभेत्स्कीले टेलिग्रामबाट जारी गरेको सन्देशमा भनिएको छ ।
यसबारे रुसी पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्ला केही समययता यस क्षेत्रमा रुसी फौजले भारी आक्रमण र गोलाबारी गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ५३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको