युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान « Khabarhub

युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमण जारी रहेका बेला युक्रेनको उत्तरी शहर नोभोसेल्यात्सामा रहेको रासायनिक कारखानाबाट विषाक्त एमोनिया ग्यास चुहिएको छ ।

सुमी क्षेत्रका गभर्नर दिमित्रो जाभेत्स्कीले जनाएअनुसार स्थानीय सुमिखिम्प्रोम नामक रासायनिक मल कारखानाबाट विषाक्त रसायन एमोनिया चुहिएको हो । कारखानाबाट चुहिएको अमोनियाले त्यस क्षेत्र आसपासको २५०० मिटर क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।

उनले रुसी गोलाबारीका कारण रसायन चुहिएको बताए । रुसी गोलाबारीका क्रममा उक्त कारखानामा काम गर्ने एकजना कामदार पनि घाइते भएको बताइएको छ ।

एमोनिया मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । एमोनिया प्रभावित क्षेत्रमा श्वास फेरेमा, यसलाई निलेमा वा छालासँग यसको सम्पर्क भएमा स्वास्थ्यलाई यसले नकारात्मक असर पुर्‍याउने बताइन्छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रुपमा घरको तल्लो तल्लामा बस्न र एमोनियाले प्रभावित भएको थाहा पाए साइट्रिक अम्लमा कपास चोपेर त्यसबाट मात्रै श्वास फेर्न आह्वान गरिएको छ ।

‘एमोनिया हावाभन्दा हलुका हुन्छ, त्यसैले सुरक्षित हुन घरको तल्लो तल्लामा बस्नुपर्छ ।’ जाभेत्स्कीले टेलिग्रामबाट जारी गरेको सन्देशमा भनिएको छ ।
यसबारे रुसी पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्ला केही समययता यस क्षेत्रमा रुसी फौजले भारी आक्रमण र गोलाबारी गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ५३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस