निलम्वित सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दामा अभियोग पत्र दायर | Khabarhub Khabarhub

निलम्वित सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दामा अभियोग पत्र दायर


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेकपा एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

अभियोग पत्रमा बानियाँले जाहेरीकर्ता सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।

महिला होटलको २१५ नम्बर कोटामा सुतिरहेका बेला बानियाँले बिहानको अन्दाजी ५ बजेतिर बलात्कार गरेको अभियोग पत्रमा भनिएको छ ।

सरकारी वकिल कार्यालय बाँकेका अनुसार बानियाँले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) अनुसारको कसुर गरेको तथ्यबाट पुष्टि भएको छ ।

‘…सुर्खेतबाट नेपालगञ्ज ल्याई नेपालगञ्ज–२ स्थित रहेको होटल अप्सराको कोठा नं.२१५ मा राखेकोमा निजले ऐ.१९ गते विहान अन्दाजी ५ः०० बजेको समयमा जाहेरवाली सुतेकै बेला पैसा आइसक्यो ढोका खोल भनि भनेको हुँदा जाहेरवालीले ढोका खोल्दा साथ निज प्रतिवादी मोहनलाल बानियाँ जाहेरवालीको कोठामा प्रवेश गरी जाहेरवालीलाई डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी मोहन बानियाँले मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९) (१) विपरीत दफा (२१९) (२) बमोजिमको जबर्जस्ती करणीको कसूर गरेको पुष्टि हुन आयो’, सोमबार अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।

सरकारी वकिल कार्यालयले पीडित महिलालाई मनासिव क्षतिपूर्ति दिलाउन र संहिताको २१९ (३) (ङ) अनुसार सजायको माग दाबी पनि गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : २२ बजे

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त गरेका

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि