मोटो विदेशी मुद्रासहित पूर्व युक्रेनी सांसद्की श्रीमती हंगेरीमा पक्राउ « Khabarhub

मोटो विदेशी मुद्रासहित पूर्व युक्रेनी सांसद्की श्रीमती हंगेरीमा पक्राउ


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २ करोड ८० लाख अमेरिकी डलर र १३ लाख युरो नगदसहित पूर्व युक्रेनी सांसद्की श्रीमती छिमेकी मुलुक हंगेरीमा पक्राउ परेकी छिन् । बेलारुसको नेक्स्टा टेलिभिजनले सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएको जानकारीअनुसार पूर्व युक्रेनी सांसद कोत्भेत्स्कीकी श्रीमती हंगेरीमा पक्राउ परेकी हुन् ।

उनको साथबाट ६ वटा सुटकेसमा कोचेर राखेको अवस्थामा उक्त नगद बरामद गरिएको नेक्स्टाले जनाएको छ । युक्रेनबाट भाग्ने क्रममा उनलाई हंगेरीका सीमा रक्षकहरुले पक्राउ गरेको हंगेरीका अधिकारीले जनाएका छन् । उक्त नगदको परिमाण वैधानिक हिसाबमा नै खुलासा गरिएको बताइएको छ ।

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका नागरिक खाना, खानेपानी, औषधिजस्ता अत्यावश्यक वस्तुको अभावमा बाँचिरहेका बेला उनको पक्राउलाई निकै चासोका साथ हेरिएको छ ।

उनको साथबाट फेला परेको नगदको श्रोत भने खुलाइएको छैन र यसबारे अनुसन्धान अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : २३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको