नेपाल यूएईसँग ९९ रनले पराजित « Khabarhub

नेपाल यूएईसँग ९९ रनले पराजित


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ९९ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय तीन रनमै समेटियो ।

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यसबाहेक, आरिफ शेख र सोमपाल कामीले समान १५ सँगै विनोद भण्डारीले १२ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल ओपनरद्वय पवन सर्राफ र कुशल भुर्तेल क्रमशः दुई र पाँच रनमा पभेलियन फर्किदा दीपेन्द्रसिंह ऐरी ‘गोल्डेन डक’ आउट भएका थिए ।यस्तै, रोहितकुमार पौडेल नौ, करण केसी चार र विक्रम सोब एक रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे ।

युएईका जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । यस्तै, कासिफ दाउद र अहमेद राजाले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो ।

युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ४२ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा