जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या « Khabarhub

जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरिदिएका हुन् । चैत ४ गते बिहान उनले साथीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै हत्या गरेको पाइयो ।’ आमाको हत्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

घटना यसरी भयो

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनाए । भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई हत्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या भयो ।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’ 

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुबै जनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

दुबैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ५० बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको