तेलगु अभिनेत्री गायत्रीको निधन « Khabarhub

तेलगु अभिनेत्री गायत्रीको निधन


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– तेलगु फिल्मकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ ।

गायत्री आफ्ना साथीहरूका साथ कारबाट घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा उनको कार चलाइरहेको साथीको पनि निधन भएको छ ।

कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएको थियो । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल लगे लगत्तै मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ ।

गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । सामाजिक सञ्जालमा फ्यान फलोइङ रहेकी गायत्री अभिनयमा आउनु अगावै आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५९ बजे

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त