तेलगु अभिनेत्री गायत्रीको निधन « Khabarhub

तेलगु अभिनेत्री गायत्रीको निधन


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– तेलगु फिल्मकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ ।

गायत्री आफ्ना साथीहरूका साथ कारबाट घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा उनको कार चलाइरहेको साथीको पनि निधन भएको छ ।

कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएको थियो । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल लगे लगत्तै मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ ।

गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । सामाजिक सञ्जालमा फ्यान फलोइङ रहेकी गायत्री अभिनयमा आउनु अगावै आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५९ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि