‘व्यापारीलाई जे मन लाग्छ, त्यही गर्न दिनुपर्छ’ « Khabarhub

‘व्यापारीलाई जे मन लाग्छ, त्यही गर्न दिनुपर्छ’


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जतिबेला विश्वभरका नेता तथा धनाढ्यले लुकाएको धनका बारेमा पत्रकारले खोज गरेर निकालेको विशेष रिपोर्ट ‘पानामा पेपर’ र ‘पिगामा पेपर’हरु आए । त्यहिबेलादेखि हेर्ने हो भने यो भुक्तानी सन्तुलनमा समस्या रहेको कुरा हामीले भोग्दै आएका छौँ ।

मलाई के शंका लाग्छ भने नेपालबाट पुँजी पलायन भएको छ । यसको सबैभन्दा ठुलो माध्यम भनेको हाम्रो आयात अन्तरहीन हुनु हो । १० प्रतिशतमात्र पनि ‘अन्डर इन्डक्सिन’ भयो भने सय अथवा डेढ सय भयो । त्यो केही चाहिँ यहिबेलादेखि रेमिट्यान्सको आप्रवाह पनि घटेको छ।

त्यो पैसा पनि ‘क्यापिटलफल’ भएर गएको छ । त्यसैले हामीले एकचोटी पूर्व अर्थमन्त्रीज्यु अर्थमन्त्री हुँदा छलफल गरेर क्यापिटल एकाउन्ट खोल्देऊ भनेर प्रधानमन्त्री कहाँ भन्ने कुरा भयो ।

२०२१ सालको डेढ पन्ने ऐन जसको नाम (नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध) त्यो छोड्यो भने हाम्रो यस्तो अवस्था आउदैनथ्यो । तर, दुर्भाग्यबस बस त्यही बेला माघ फागुनमा यो क्राइसिस हामीमा देखियो ।

अर्को ‘लिकुरिटि’को कुरामा बाणिज्य बैंक, नेपाल राष्ट्र बैंकको तथ्यांकमा आधारित बैंकिड एण्ड फाइनान्स्, विकास बैंक, लुप्त कम्पनीमा आधारित भएर तीन वटा कम्पोनेन्टमा आधारित भएर गर्यौँ । ३४ हजार सहकारीमध्ये त्यसको आधा मात्र बचत तथा ऋण सहकारीलाई हेर्यौँ भने त्यहाँ धेरै पैसा छ । पुँजी नै खर्बौँ होला । र, सरकारसँग पनि केही पैसा छ ।

बैंकहरुले सहकारीहरुसँग कुरा गरेर हाम्रो मुलुकमा तरलताको संकट कति हो त भनी थाहा पाउन सकिन्छ । र, तरलताकै कुरामा बैंकहरुबाट गएको कर्जाहरुमा विगत चार वर्षदेखि बैंकहरुले ‘कन्सट ल्यान्डिड’ भनी जलविद्युतमा लगानी गरेको छ ।

त्यो लामो समयको लागि बैंकको सोर्स भनेको डिपोजिट हो । जुन दुई वर्षको हुन्छ । १५ देखि २० वर्षको लागि चाहिँ लगानी गर्ने, दुई वर्ष चाहिँ आफूले निक्षेपबाट ‘बरो’ गर्ने, यसले गर्दा तरलतालाई समस्यामा पारेको छ । २०४९ सालबाट हामीले उदारीकरण गर्‍यौ । त्यसबाट हाम्रो अर्थतन्त्र सेवामुखी छ, कृषिमा, औद्योगिक क्षेत्रमा आधुनिकता ल्याएर काम गर्नुपर्‍यो ।

कृषिमा पनि एक टन भन्दा बढी फलाउन सकिएको छैन । औद्योगिक क्षेत्रमा पनि न्यून क्षमतामा काम गरेका छन् । त्यसकारण सेवा क्षेत्रमा चाहिँ बढी गरेको छ । अर्थशास्त्रको सिद्धान्त अनुसार किनबेच गर्ने वस्तुहरुको मूल्य घट्छ, जसले गर्दा हाम्रो विनिमयदर नेपाल राष्ट्र बैंकले १०० भारुको १६० रुपैयाँ नेपाली हुन्छ भने पनि बजारमा हाम्रो ‘करेन्सी एप्रिसिएसन’ भैरहन्छ । जब सर्भिसमा जान्छ, किनबेच गर्ने वस्तुको मूल्य घट्छ ।

त्यसैले हाम्रो विनिमयदरको कुरा गर्दा भैरहवा, सुनौली, रुपैडिया, रक्सौलमा हामीले भारु १०० को सामान किन्दा नेपाली १५० दिदा त्यहाँको साहुले मान्थे । अब १६५ माग्छन् । हामी ठमेल, महाबौद्ध जाऔँ ।

राष्ट्र बैंकले अहिले डलर १२१ देखि १२२ भनेको छ, त्यहाँ १२५ मा जति पनि दिन्छ । यो भनेको एउटा ठुलो समस्या के छ भने सन् १९९२ मार्चमा १०० भारुको नेपाली १६० रुपैयाँ नेपाली नयाँ रेट तयार गरेको हो ।

यो ३१ वर्षसम्म भारत कहाँबाट कहाँका पुग्यो । ४ खर्ब डलर संसारको सफ्टवेरमा लिडिङ गरेको छ । तर हामीले ठ्याक्कै ‘स्याडो’ गरेका छौँ। त्यसैले हाम्रोे विनिमयदर पनि कतै हेर्नु पर्छ । र, अन्त्यमा जहिलेदेखि हामीले यो उदारीकरण गर्‍यौ, त्यति बेला बिजनेस क्षेत्रमा राजनीतिक अर्थशास्त्रको यहाँ दुई वटा क्षेत्र थिए । एउटा उद्योगको लबी नेपालमा उत्पादन गर्नुपर्दछ । कच्चापदार्थ र आयातको कम महसुल लिनु पर्दछ । र, व्यापारीलाई जे मन लाग्छ, त्यही गर्न दिनुपर्दछ ।

व्यापारको लबी र उद्योगको लबी यी दुई वटा लगानीकर्ताको संघर्षमा उद्योगको लबी हार्दै हार्दै गयो । अहिले सरकारमा उद्योगीहरुको उद्योग मन्त्रालय, अर्थ मन्त्रालय जहाँ गए पनि केही कुरा सुन्दैन, तर व्यापारी लबी गर्न त्यहाँ गयो भने सुन्छ । र, सरकारले त्यो काम गर्दछ । त्यसकारण यो अर्थ–राजनीतिलाई राष्ट्र बैंकले मात्र समाधान गरेर हुँदैन सरकार र राजनीतिक दलहरु नै लाग्नु पर्दछ ।

अहिले हामीले आयात रोक्न त रोक्यौँ । अब सरकारले बाहिरबाट आयात गरेको वस्तु चाहिँ हामीले आउन नदिने भन्यौँ । तर त्यो बोर्डरबाट त आउँछ । त्यसैले त्यो सीमा व्यापार व्यवस्थापन गर्न सकेन भने अहिले जे गरेको छ, सरकारले र राष्ट्र बैंकले त्यो पनि लागु गर्न सक्दैनन् ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा विश्लेषक केशव आचार्यले राखेको धारणाको सम्पादित अंश )

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ३७ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने