सिटी शीर्ष स्थानमा उक्लियो « Khabarhub

सिटी शीर्ष स्थानमा उक्लियो


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले हराएको हो। सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।

घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए। ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो। पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ४७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल