फिल्म हेर्न एकसाथ पुगे राजेश, भुवन र शिव  « Khabarhub

फिल्म हेर्न एकसाथ पुगे राजेश, भुवन र शिव 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका तीन हस्ती शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई एउटै फ्रेममा देख्न मुस्किल पर्छ । यी तीन मध्ये एक उपस्थित हुँदा पनि नेपाली फिल्मले प्रतिनिधित्व गर्ने भएकाले पनि प्राय कार्यक्रममा तीनैलाई निम्त्याउन सहज छैन । यद्दपि बुधबार बेलुका यी तीन अभिनेता सँगै भेटिए । सँगै भेटिएपछि तीनै अभिनेता केही ‘नोस्टाल्जिक’ मात्र भएनन् । पुराना दिन झैँ रमाइलो पनि गरे ।

यी तीनै अभिनेता भेट हुनुको कारण थिइन् निर्देशक तथा अभिनेत्री झरना थापाले । उनी निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ हेर्न तीनैजना अभिनेता हलमा पुगेका थिए । फिल्म हेरिसकेपछि मिडियासँग उनीहरुले विविध कुराकानी गरे । फिल्म, विवाहदेखि बच्चासम्मको कुरामा उनीहरु गफिए । साथै, विदेशी फिल्मको प्रभुत्वविरुद्ध एकजुट हुनुपर्ने कुरा पनि चल्यो ।

विवाह कहिलेबाट बच्चा कहिले ? भने प्रश्नको सामना गरिरहेका हमालले त्यसको जवाफ दिनु पर्‍यो । अभिनेता हमालले ठट्यौली शैलीमा ‘बच्चाको बच्चा हुन् त समय लागिहाल्छ नि ‘ भने । सँगै रहेका शिव र भुवनले पनि राजेशको बच्चालाई फिल्म गरेको हेर्न चाहेको बताए । ‘हामी फिल्ममा राजेशको बच्चासँग अभिनय गर्न चाहन्छौँ’ शिव र भुवनले एकसाथ भने ।

संवत् कोरोना भाइरसको महामारी पश्चात यी तीन अभिनेता एकसाथ भेटघाट गरिरहेका थिए । तीनैजना अभिनेताले ‘ए मेरो हजुर ४’ हेरेर फिल्म र कलाकारको प्रशंसा गरे । राजेशले फिल्मलाई ‘इन्जोय’ गरेको भन्दै अभिनय बिर्सेर कथामा अघि बढ्न सक्नु नै राम्रो अभिनय भएको बताए । ‘ फिल्म राम्रो बनेको छ । नेपाली दर्शक भएर फिल्म हेर्दा इञ्जोय गरेँ । फिल्ममा हाँसो र रोदनको मिश्रण छ । कथाले दर्शकलाई होल्ड गर्छ’ अभिनेता हमालले फिल्म बारे प्रतिक्रिया दिए ।

कुराकानीको क्रममा अभिनेता हमालसँगै भुवन र शिव पनि ठट्यौली पारामा प्रस्तुत भए । भुवनले आफूले शिवको छोराको फिल्म हेरेको र अब राजेशको छोराको फिल्म पनि हेर्न मन लागेको बताए । महानायक विवादलाई लिएर कुनैबेला भुवन र राजेशबीच चिसो सम्बन्ध समेत थियो । ‘हामी बीचमा त्यस्तो केही छैन । हामीले फिल्मनगरीलाई जानी नजानी यहाँसम्म ल्याएका छौँ । अब नयाँ पुस्ता अगाडि बढाउन सक्रिय भएर लागेको देख्दा खुशी लाग्छ’ भुवनले भने । भुवनसँगै राजेश र शिवले पनि आफूहरु बीचमा मिडियामा आउने जस्तो सम्बन्ध नराम्रो नहुने बताए ।

‘यस्तो कुरा त हामीले सुनेको छैन । तपाईंले कहाँबाट सुन्नु भयो’ राजेशले भने । शिवले पनि आफूहरु बीच कहिले सम्बन्ध नचिसिएको बताए । उनले फिल्म राम्रो लागेको र हेर्दा आशुँ रोक्न नसकेको बताए । ‘मलाई फिल्म हेर्न मन थियो। आज मौका पाए। निकै राम्रो बनेको छ । अब नेपाली फिल्म विदेशी फिल्मसँग मज्जाले भिड्न सक्छ भन्नेमा शंका छैन’ शिवले भने ।

फिल्मकी निर्देशक झरना थापाले तीनै अभिनेतालाई एकसाथ पाउँदाको खुशी व्यक्त गर्न नसकेको बताइन्। ‘उहाँहरु एकसाथ हाम्रो फिल्म हेर्न र हामीलाई आशिर्वाद दिन आउनु भनेको व्यक्त नगर्न सक्ने खुशी हो । मलाई सम्पूर्ण फिल्मनगरीले आशिर्वाद दिएको महसुस भएको छ’ झरनाले भनिन् । अघिल्लो पुस्ताको कुरा सुनिरहेका अनमोल केसी र सुहाना थापाले पनि आफूहरुको कामले सार्थकता पाएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ४० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६