फिल्म हेर्न एकसाथ पुगे राजेश, भुवन र शिव  | Khabarhub Khabarhub

फिल्म हेर्न एकसाथ पुगे राजेश, भुवन र शिव 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका तीन हस्ती शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई एउटै फ्रेममा देख्न मुस्किल पर्छ । यी तीन मध्ये एक उपस्थित हुँदा पनि नेपाली फिल्मले प्रतिनिधित्व गर्ने भएकाले पनि प्राय कार्यक्रममा तीनैलाई निम्त्याउन सहज छैन । यद्दपि बुधबार बेलुका यी तीन अभिनेता सँगै भेटिए । सँगै भेटिएपछि तीनै अभिनेता केही ‘नोस्टाल्जिक’ मात्र भएनन् । पुराना दिन झैँ रमाइलो पनि गरे ।

यी तीनै अभिनेता भेट हुनुको कारण थिइन् निर्देशक तथा अभिनेत्री झरना थापाले । उनी निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ हेर्न तीनैजना अभिनेता हलमा पुगेका थिए । फिल्म हेरिसकेपछि मिडियासँग उनीहरुले विविध कुराकानी गरे । फिल्म, विवाहदेखि बच्चासम्मको कुरामा उनीहरु गफिए । साथै, विदेशी फिल्मको प्रभुत्वविरुद्ध एकजुट हुनुपर्ने कुरा पनि चल्यो ।

विवाह कहिलेबाट बच्चा कहिले ? भने प्रश्नको सामना गरिरहेका हमालले त्यसको जवाफ दिनु पर्‍यो । अभिनेता हमालले ठट्यौली शैलीमा ‘बच्चाको बच्चा हुन् त समय लागिहाल्छ नि ‘ भने । सँगै रहेका शिव र भुवनले पनि राजेशको बच्चालाई फिल्म गरेको हेर्न चाहेको बताए । ‘हामी फिल्ममा राजेशको बच्चासँग अभिनय गर्न चाहन्छौँ’ शिव र भुवनले एकसाथ भने ।

संवत् कोरोना भाइरसको महामारी पश्चात यी तीन अभिनेता एकसाथ भेटघाट गरिरहेका थिए । तीनैजना अभिनेताले ‘ए मेरो हजुर ४’ हेरेर फिल्म र कलाकारको प्रशंसा गरे । राजेशले फिल्मलाई ‘इन्जोय’ गरेको भन्दै अभिनय बिर्सेर कथामा अघि बढ्न सक्नु नै राम्रो अभिनय भएको बताए । ‘ फिल्म राम्रो बनेको छ । नेपाली दर्शक भएर फिल्म हेर्दा इञ्जोय गरेँ । फिल्ममा हाँसो र रोदनको मिश्रण छ । कथाले दर्शकलाई होल्ड गर्छ’ अभिनेता हमालले फिल्म बारे प्रतिक्रिया दिए ।

कुराकानीको क्रममा अभिनेता हमालसँगै भुवन र शिव पनि ठट्यौली पारामा प्रस्तुत भए । भुवनले आफूले शिवको छोराको फिल्म हेरेको र अब राजेशको छोराको फिल्म पनि हेर्न मन लागेको बताए । महानायक विवादलाई लिएर कुनैबेला भुवन र राजेशबीच चिसो सम्बन्ध समेत थियो । ‘हामी बीचमा त्यस्तो केही छैन । हामीले फिल्मनगरीलाई जानी नजानी यहाँसम्म ल्याएका छौँ । अब नयाँ पुस्ता अगाडि बढाउन सक्रिय भएर लागेको देख्दा खुशी लाग्छ’ भुवनले भने । भुवनसँगै राजेश र शिवले पनि आफूहरु बीचमा मिडियामा आउने जस्तो सम्बन्ध नराम्रो नहुने बताए ।

‘यस्तो कुरा त हामीले सुनेको छैन । तपाईंले कहाँबाट सुन्नु भयो’ राजेशले भने । शिवले पनि आफूहरु बीच कहिले सम्बन्ध नचिसिएको बताए । उनले फिल्म राम्रो लागेको र हेर्दा आशुँ रोक्न नसकेको बताए । ‘मलाई फिल्म हेर्न मन थियो। आज मौका पाए। निकै राम्रो बनेको छ । अब नेपाली फिल्म विदेशी फिल्मसँग मज्जाले भिड्न सक्छ भन्नेमा शंका छैन’ शिवले भने ।

फिल्मकी निर्देशक झरना थापाले तीनै अभिनेतालाई एकसाथ पाउँदाको खुशी व्यक्त गर्न नसकेको बताइन्। ‘उहाँहरु एकसाथ हाम्रो फिल्म हेर्न र हामीलाई आशिर्वाद दिन आउनु भनेको व्यक्त नगर्न सक्ने खुशी हो । मलाई सम्पूर्ण फिल्मनगरीले आशिर्वाद दिएको महसुस भएको छ’ झरनाले भनिन् । अघिल्लो पुस्ताको कुरा सुनिरहेका अनमोल केसी र सुहाना थापाले पनि आफूहरुको कामले सार्थकता पाएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ४० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं