पेरु सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै « Khabarhub

पेरु सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक पेरुको सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ ।

मन्त्रीपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् ।

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’ न्यायमन्त्री चेरोलाई उद्धृत गर्दै पेरुको राजधानी लिमाबाट प्रकाशित हुने एण्डिना पेरुले जनाएको छ ।

नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपुंशक बनाइने उनले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो ।

पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो । सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् ।

बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् । ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’ कास्टिलोले यसै साता भनेका थिए ।

विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुको महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

सरकारले ल्याएको विधेयक बिहीबार कांग्रेसमा पेश गरिने पेरुभियन न्यायमन्त्रालयलाई उद्धृत गर्दै एण्डिना पेरुले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ५९ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको