पेरु सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै | Khabarhub Khabarhub

पेरु सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक पेरुको सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ ।

मन्त्रीपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् ।

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’ न्यायमन्त्री चेरोलाई उद्धृत गर्दै पेरुको राजधानी लिमाबाट प्रकाशित हुने एण्डिना पेरुले जनाएको छ ।

नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपुंशक बनाइने उनले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो ।

पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो । सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् ।

बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् । ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’ कास्टिलोले यसै साता भनेका थिए ।

विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुको महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

सरकारले ल्याएको विधेयक बिहीबार कांग्रेसमा पेश गरिने पेरुभियन न्यायमन्त्रालयलाई उद्धृत गर्दै एण्डिना पेरुले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : ५९ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको