भन्सार छली ल्याएको १५ लाखको सामान बरामद | Khabarhub Khabarhub

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ ।

कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो ।

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’