भन्सार छली ल्याएको १५ लाखको सामान बरामद « Khabarhub

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ ।

कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो ।

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : १७ बजे

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका