भरतपुरको मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा « Khabarhub

भरतपुरको मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।

नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् । 

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिएका हुन् । 

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे ।

उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

उनी भरतपुर महानगरपालिका-१२ का स्थायी बासिन्दा हुन् । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : ४९ बजे

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक

नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं – काठमाडौंमा भइरहेको घरटहरा हटाउने घटनामाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको