सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अध्यक्ष लिङ्देनको अपिल  « Khabarhub

सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अध्यक्ष लिङ्देनको अपिल 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन्।

बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र ठिक मान्छे छनौट गर्न अपिल गरेका हुन् ।

उनले नेताहरुले राजनीतिलाई लुटेर खाने पेशा बनाएको भन्दै  देशको समस्या समाधान गर्ने वैकल्पिक पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि आएको दाबी गरे। अध्यक्ष लिङ्देलले आफ्नो पार्टीले लिएको योजना र संकल्प पूरा गर्न पनि नेपाली जनताले यस पाली आफूहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र सन्तुलनको अवस्था बिग्रिएकोले देश संकटमा फसेको बताए। उनले संसद् संसद् जस्तो नभएको,सरकार सरकार जस्तो नभएको उल्लेख गरे।

अध्यक्ष लिङ्देलले नेपालका ठूला पार्टीहरुले ३२ वर्षदेखि नेपाली जनतालाई  झुक्याएर राखेकोमा खेद प्रकट गर्दै राजनीतिमा भ्रष्ट प्रवृत्ति मौलाएकोले यसको अन्त्य गर्ने काममा आफूहरुको लागेको बताए।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : २२ बजे

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले