सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अध्यक्ष लिङ्देनको अपिल  « Khabarhub

सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अध्यक्ष लिङ्देनको अपिल 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन्।

बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र ठिक मान्छे छनौट गर्न अपिल गरेका हुन् ।

उनले नेताहरुले राजनीतिलाई लुटेर खाने पेशा बनाएको भन्दै  देशको समस्या समाधान गर्ने वैकल्पिक पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि आएको दाबी गरे। अध्यक्ष लिङ्देलले आफ्नो पार्टीले लिएको योजना र संकल्प पूरा गर्न पनि नेपाली जनताले यस पाली आफूहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र सन्तुलनको अवस्था बिग्रिएकोले देश संकटमा फसेको बताए। उनले संसद् संसद् जस्तो नभएको,सरकार सरकार जस्तो नभएको उल्लेख गरे।

अध्यक्ष लिङ्देलले नेपालका ठूला पार्टीहरुले ३२ वर्षदेखि नेपाली जनतालाई  झुक्याएर राखेकोमा खेद प्रकट गर्दै राजनीतिमा भ्रष्ट प्रवृत्ति मौलाएकोले यसको अन्त्य गर्ने काममा आफूहरुको लागेको बताए।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : २२ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित