जग्गा अधिग्रहणको विषयलाई लिएर पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

जग्गा अधिग्रहणको विषयलाई लिएर पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान प्रशासित कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तानमा सरकारले चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनाका लागि जग्गा अधिग्रहण गरेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

इस्लाम खबरले जनाएअनुसार आफ्नो पुख्र्यौली जमिन उक्त परियोजनाको सुरक्षाका लागि भन्दै पाकिस्तानी सेनासँग सम्बन्धित निजी ठेकेदारहरुलाई दिइएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् ।

प्रदर्शन गिल्गिट बाल्टिस्तानको थक दास र मकपुन दास क्षेत्रमा केन्द्रित रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले निजी ठेकेदारहरुलाई दिइएको लाइसेन्स खारेज गर्नुपर्ने माग गरेको जनाइएको छ । प्रदर्शनकारीले सो क्षेत्र भारत र पाकिस्तानबीच विवादमा रहेकाले स्थानीयको अनुमतिबेगर पाकिस्तान सरकारसँग आफ्नो जमिन खोस्ने कुनै पनि अधिकार नरहेको समेत बताए ।

यता पाकिस्तान सरकारले भने सेनाविरुद्ध प्रदर्शन गरेको भन्दै २ सय धेरै जनाविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : ४५ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको