कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित) | Khabarhub Khabarhub

कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित)


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, मीनबहादुर विश्वकमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदिप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदयशम्शेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जीतजंग वस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडा  निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ९ : १३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ