कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित) « Khabarhub

कांग्रेसको निर्वाचन परिचालन उपसमितिका संयोजकहरू मनोनित (सूचीसहित)


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, मीनबहादुर विश्वकमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदिप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदयशम्शेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जीतजंग वस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडा  निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ९ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल