मर्चवारी अध्यक्ष र उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी « Khabarhub

मर्चवारी अध्यक्ष र उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे ।

नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा भए पनि अन्तिम समयसम्म पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।

७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका क्षेत्रिय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे ।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओमप्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि निर्वाचित भए । २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : ०६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक