रियल मड्रिड बराबरीमा रोकियो « Khabarhub

रियल मड्रिड बराबरीमा रोकियो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ ।

कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो ।

कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्‍याउन सकेनन् । गेराथ बेल जसले रियल मड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन् ।

खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन्। रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : १५ बजे

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन– अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न

थाइल्यान्डमा समातिएकी तुलसीलाई सोमबार अदालतमा पेश गरिँदै

काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार

मधेसको खानेपानी समस्या समाधान गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको