बाराका १२ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ जिते ? « Khabarhub

बाराका १२ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ जिते ?


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् ।

परानीपुर गाउँपालिकामा एमालेका राम क्षत्री प्रसाद कुर्मिले २ हजार ९ सय १७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४ सय ८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

२०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुवै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका राम प्रसाद चौधरीले ९ हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रसकै राजेश प्रसाद यादवले ५ हजार ३ सय ५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हाल सम्ममा दुई पालिकामा जित हासिल गरेको हो । यस अघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालि सहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाइसकेको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १ सय ७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मतले विजयी हासिल गरेका छन् । यसअघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।

विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३ सय १७ मत र सिम्रौनगढ नगरपालिकामा किसोरी प्रसाद कलवारले ११ हजार १ सय ३७ मतसहित विजयी भएका छन् ।

यसअघि सिम्रौनगढमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७ सय ४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।  यस्तै, बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ ।

फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४ सय ८५ प्राप्त गरी विजयी भएका हुन् । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा होमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।

आदर्श कोटवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकाको भने मतगणना भइरहेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : ०४ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं