हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी « Khabarhub

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक/एक वडामा विजय हासिल गरेको छ । 

एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् ।

 एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी भएका हुन् । 

यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी भएका हुन् । 

नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १ : ११ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल