हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी « Khabarhub

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक/एक वडामा विजय हासिल गरेको छ । 

एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् ।

 एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी भएका हुन् । 

यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी भएका हुन् । 

नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १ : ११ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत