महोत्तरीको गौशालामा जसपा विजयी « Khabarhub

महोत्तरीको गौशालामा जसपा विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । 

आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका छन् । प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनक दुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे ।

गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या जिल्लामा १३ पुगेको छ । जिल्लामा अब जलेश्वर र भंगाहा भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ ।

 गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १ : २९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा