जिल्ला समन्वय समिति प्रमुखका दाबेदार श्रेष्ठ वडा सदस्यमै पराजित « Khabarhub

जिल्ला समन्वय समिति प्रमुखका दाबेदार श्रेष्ठ वडा सदस्यमै पराजित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–  जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् ।

 एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोरख रायले हराएका हुन् ।

नेकपा एमाले मकवानपुरका सचिवालय सदस्यसमेत रहेका उनी वडा सदस्यमै पराजित भएका हुन् । रायले २ हजार १२० मत पाउँदा श्रेष्ठले १ हजार ९४१ मत ल्याएका थिए । श्रेष्ठसँगै जिसस प्रमुखका अर्का आकांक्षी देवराज रिमाज पनि वडामै पराजित भएका छन् । रिमाल भने ७ नम्बर वडाबाट सदस्यमा चुनाव उठेका थिए । योसँगै हेटौंडा उपमहानगरपालिका–८ मा एमालेको लामो समयदेखिको एकाधिकार तोडिएको छ । 

वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका नेता राम थापा विजयी भएका छन् । एमालेका बोलबहादुर कार्कीलाई हराउँदै थापा विजयी भएका हुन् । थापाले २ हजार २१३ मत प्राप्त गर्दा कार्कीले १ हजार ९६८ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : १८ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद