जिल्ला समन्वय समिति प्रमुखका दाबेदार श्रेष्ठ वडा सदस्यमै पराजित « Khabarhub

जिल्ला समन्वय समिति प्रमुखका दाबेदार श्रेष्ठ वडा सदस्यमै पराजित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–  जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् ।

 एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोरख रायले हराएका हुन् ।

नेकपा एमाले मकवानपुरका सचिवालय सदस्यसमेत रहेका उनी वडा सदस्यमै पराजित भएका हुन् । रायले २ हजार १२० मत पाउँदा श्रेष्ठले १ हजार ९४१ मत ल्याएका थिए । श्रेष्ठसँगै जिसस प्रमुखका अर्का आकांक्षी देवराज रिमाज पनि वडामै पराजित भएका छन् । रिमाल भने ७ नम्बर वडाबाट सदस्यमा चुनाव उठेका थिए । योसँगै हेटौंडा उपमहानगरपालिका–८ मा एमालेको लामो समयदेखिको एकाधिकार तोडिएको छ । 

वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका नेता राम थापा विजयी भएका छन् । एमालेका बोलबहादुर कार्कीलाई हराउँदै थापा विजयी भएका हुन् । थापाले २ हजार २१३ मत प्राप्त गर्दा कार्कीले १ हजार ९६८ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : १८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा