भरतपुर अपडेट : रेनुको फराकिलो मतान्तर, ५५९० मतले अगाडि « Khabarhub

भरतपुर अपडेट : रेनुको फराकिलो मतान्तर, ५५९० मतले अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​​​​​​​चितवन- भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि परेकी छन् । 

दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरे।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरे। यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी) ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ३० बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद