२२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो | Khabarhub Khabarhub

२२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो

गठबन्धनबाट कांग्रेसका खेमराज विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- विगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक कांग्रेसले आफ्नो विरासत फर्काएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेले ३० हजार १३० मत प्राप्त गरे भने एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एसका चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए ।

पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले दुई दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको हो । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए । मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए । 

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रूपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए । आठ वर्षअघिको चुनावमा पराजित पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भएका थिए । उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो । 

तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ४ : ३८ बजे

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।