जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत « Khabarhub

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ ।

स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरूको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पष्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये  तीन पालिकामा प्रमुख र उपप्रमुख हात पारेको छ भने थप दुई पालिकामा उपप्रमुख जितेको छ ।

सात जना मतदाता भए बहुमत पुग्नेमा एमालेले मात्रै ३ प्रमुख र ५ उपप्रमुख जितिसकेको छ । सन्धिखर्क नगरपालिकासहित पाणिनी गाउँपालिका र मालारानी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले शितगंगा र छत्रदेवमा उपप्रमुख जितेको छ । कांग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने जनमोर्चाले एक प्रमुख र माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ ।

जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउँछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ३७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा