जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत « Khabarhub

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ ।

स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरूको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पष्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये  तीन पालिकामा प्रमुख र उपप्रमुख हात पारेको छ भने थप दुई पालिकामा उपप्रमुख जितेको छ ।

सात जना मतदाता भए बहुमत पुग्नेमा एमालेले मात्रै ३ प्रमुख र ५ उपप्रमुख जितिसकेको छ । सन्धिखर्क नगरपालिकासहित पाणिनी गाउँपालिका र मालारानी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले शितगंगा र छत्रदेवमा उपप्रमुख जितेको छ । कांग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने जनमोर्चाले एक प्रमुख र माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ ।

जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउँछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ३७ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद