कैलालीका दोहोरिन चाहेका अधिकांश जनप्रतिनिधी पराजित | Khabarhub Khabarhub

कैलालीका दोहोरिन चाहेका अधिकांश जनप्रतिनिधी पराजित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको स्थानीय पालिकामा दोहोरिन चाहेर उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधि पराजित बनेका छन् ।

२०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरी अध्यक्षमा विजयी भए, ९ वटै वडा अध्यक्ष सहित कैलारीमा नेपाली कांग्रेस विजयी भयो ।

विजयी उम्मेदवार चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेदवार लाजुराम चौधरीलाई पराजित गरेका थिए, उनी २०७४ को स्थानीय तह निर्वाचनमा बहुमत वडा सहित विजयी भएका निवर्तमान अध्यक्ष हुन् । कैलालीको गोदावरी नगरपालिकाको उप मेयरमा दोहोरिएर उम्मेदवार बनेकी रत्ना कडायत पनि यस पटक पराजित भइन् ।

अघिल्लो पटक एमालेबाट उप मेयर पद जितेकी कडायत यसपटक नेकपा एसबाट उप मेयरमा उम्मेदवार बन्दा एमालेसँगै पराजित भइन् । गोदावरीको उप मेयरमा नेकपा एमालेकी शारदा रोकाया विजयी भइन् । कैलालीको भजनी नगरपालिकामा पुनः दोहोरिएर मेयरमा उम्मेदवारी दिएका शेरबहादुर चौधरी पनि पराजित भए । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर विजयी भएका चौधरी यस पटक पनि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार बनेका थिए ।

तर उनी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरीसँग पराजित भए । २०७४ को निर्वाचनमा भजनी नगरपालिकामा मेयर र उप मेयर माओवादी केन्द्रले जितेको थियो । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा दोहोरिएर उममेदवार बनेका महादेव बजगाईँ पनि पराजित भएका छन् ।

२०७४ को निर्वाचनमा मेयर पद जितेका बजगाईं फेरी मेयरमै उम्मेदवार बनेका थिए । उनी नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएकी सुशीला शाहीसँग पराजित भए । लम्कीचुहा नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावी तालमेल गर्दा उनको पराजय भएको हो ।

घोडाघोडी नगरपालिकाको मेयरमा पुनः उम्मेदवारी दिएका ममताप्रसाद चौधरी पनि यस पटक चुनावमा पराजित भए छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा जितेका चौधरी यस पटकको निर्वाचनमा पनि दोहोरिएर मेयरमा उम्मेदवार बनेका थिए । तर यस पटक भने उनी सफल हुन सकेनन् । चौधरीलाई एमालेबाटै अलग्गिएको नेकपा एसका उम्मेदवार खडक रावतले पराजित गरे । रावत घोडाघोडीमा गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।

कैलालीको चुरे गाउँपालिका उपाध्यक्षमा पुनः दोहोरिएर उम्मेदवार बनेकी दिपा साउद पनि पराजित भइन। २०७४ को निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी साउदले यस पटक पनि एमालेबाटै उपाध्यक्षमै उम्मेदवारी दिएकी थिइन् । चुरेमा एमालेले अध्यक्ष पद जित्दा उपाध्यक्षमा भने पराजय भोग्न पर्यो ।

सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा पनि दोहोरिएर उम्मेदवार बनेका नृपबहादुर वड यस पटक पराजित हुने देखिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७ सय मत अन्तरले पराजित गर्दै मेयर बनेका नृपबहादुर वड यस पटक भने उनै स्वतन्त्र उम्मेदवार हमाल भन्दा १० हजार मतले पछाडि छन् ।

अघिल्लो निर्वाचनमा कैलाली गाउँपालिकामा चुनाव जितेर अध्यक्ष बनेका लाजुराम चौधरी प्रति सो पालिकाका नागरिकले ठुलो अपेच्छा गरेका थिए । चौधरी समुदायको बाहुल्यता रहेको सो पालिकामा लाजुरामले जितेपछि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै स्थानीयले खुलेरै गुनासो गर्न थालेका थिए ।

तर लाजुराम जनगुनासोको वेवास्ता गर्दै पुनः अध्यक्षका उम्मेदवार बने र पराजित भएको स्थानियको आरोप छ । ‘सार्वजनिक जग्गाका विषयमा भएको विवाद, बजेट वितरणमा मनोमानी हुने गरेको, चुनाव पछि गाउँमा फर्केर नआएको भन्दै लाजुराम बिरुद्ध गुनासो गर्नेको संख्या बढिरहेको थियो,’ कैलारी गाउँपलिका-१ का स्थानीय देव चौधरीले भने, ‘ती गुनासालाई वेवास्ता गर्दै लाजुरामजी फेरी अध्यक्षको उम्मेदवार बनेर जनतालाई झुटा आस्वासन बाड्न थालनुभयो, तर जनताले पत्याएनन् ।’

जनताले पटक–पटक एउटै उम्मेदवारलाई मौका दिन नचाहेको कैलालीको गोदावरी नगरपालिका–२ की अम्बिका ताम्राकार बताउँछिन् । ‘दोहोरिएका जनप्रतिनीधले सम्झन लायक काम पनि गर्न सकेनन्,’ उनले भनिन्, त्यसैमा एउटै व्यक्तिलाई पटक–पटक ल्याउनुभन्दा अरुलाई पनि मौका दिनु पर्छ भन्ने आम धारणाका कारण दोहोरिया उम्मेदवार पराजित हुन पुगे ।’

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्