एसिया भ्रमणमा रहेका जो बाइडेन दक्षिण कोरिया पुगे « Khabarhub

एसिया भ्रमणमा रहेका जो बाइडेन दक्षिण कोरिया पुगे


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलबीच शनिबार भेटवार्ता भएको छ । 

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच राजधानी सोलमा भेटवार्ता भएको हो ।
उत्तर कोरियामा कोरोना भाइरसको महामारीले तीव्र रुप लिइरहेका बेला तथा उत्तर कोरियाले हतियार परीक्षणलाई बढाइरहेका बेला दुई मुलुकका राष्ट्रपतिहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भएको र दुवैले पत्रकार सम्मेलन गरेको जनाइएको छ । उनले आगामी आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उनीहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेको जनाइएको छ । 

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ३१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा