‘स्क्विड गेम’ एक्टरसँग सुरक्षाको सेल्फी « Khabarhub

‘स्क्विड गेम’ एक्टरसँग सुरक्षाको सेल्फी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कान्सको रेड कार्पेटमा हिँडे यता अभिनेत्री सुरक्षा पन्तको चर्चा बढ्दो छ । 

यिनै सुरक्षा विश्व प्रसिद्ध फेस्टिभलमा आफ्ना प्रिय कलाकारसँग भेटघाट समेत गरिरहेकी छिन् । ‘फ्यान मोमेन्ट’ सेयर गरिरहेकी सुरक्षाले कोरियाका ग्लोबल स्टार लि जुङ जाइसँगको फोटो राख्दै कान्समा एसियाको उपस्थितिलाई माया दर्शाएकी छिन् ।

लि जुङ जाइ कोरियन सिरिज ‘स्क्विड गेम’ का मुख्य कलाकार हुन् ।९० वटा देशमा सबैभन्दा बढी हेरिने रेकर्ड बनाएको कोरियाली यो सिरिजले नेपालमा पनि उस्तै लोकप्रियता पाएको थियो । 

सिरिज रिलिज भएपछि यसलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न बहस भएका थिए । उनी यसपटक आफ्नो निर्देशकीय डेब्यु फिल्म लिएर कान्स पुगेका हुन् । सोही अवसरमा सुरक्षाले सेल्फी लिएकी छिन् । ४९ वर्षीय लि जुङले निर्देशन गरेको स्पाइ थ्रिलर ‘हन्ट’ कान्समा छानिएपछि लि जुङले निर्देशकको रुपमा कान्समा छन् । 

उनको यो फिल्म कान्सको मिडनाइट सेक्सनमा प्रतिस्पर्धी रहेको छ । यस्तै, सुरक्षा बेल्जियन फिल्म ‘दि एइट माउन्टेन्स’ को कलाकारको रुपमा कान्स पुगेकी हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : १० बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद